२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) ९९४ पाठक संख्या

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

मोटरसाइकलमा पछाडि सवार कैलारी गाउँपालिका–११ की १५ वर्षीया विद्या रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा बुधबार राति साढे १० बजे मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ का १७ वर्षीय कृष्ण बम र पछाडि सवार ३५ वर्षीय उमेश कार्कीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार बेलुका करिब साढे ७ बजे प्रदेश ३ ०१ ००१ ग ३७३२ नम्बरको ट्रक र म२प २१७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस