पोखरा । गण्डकी प्रदेशसभामा सत्तारुढ नेपाली काँग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् ।
संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेका थिए ।
सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बनेका हुन् । नियुक्त भएका ओमकला नवलपरासी पूर्वबाट समानुपातिक सांसद बनेकी हुन भने मल्ल स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
काँग्रेसको संसदीय दलको नेता रहेका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।