२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा वडा कार्यालय भवन समुद्घाटन  

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

एलिना केसी

देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन गरिएको छ । शुक्रबार वडा कार्यालय भवन नजिक रहेको प्रगतिनगर स्वास्थ्य चौकीको भवनमा एक कार्यक्रम गरि देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो । वडा भवनको गत बर्ष समुद्घाटन गर्ने भनिए पनि कोरोना भाईरसका कारणले समुद्घाटन गर्न नसिएपछि प्रशासनिक सेवा गत भदौ १ गते देखि प्रदान गरिएको थियो ।

वडा कार्यालय समुद्घाटन कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ११ का वडाध्यक्ष रमेश बहादुर ठाडाले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जनप्रतिनिधि भनेका वडाबासीका सुख दुःखका साथी भएकाले आँफूहरु सधैं वडावासीको हकहितका लागि काम गर्ने बताउनुभएको थियो । उहाँले वडाले प्रस्तुत गरेको प्रतिवेदन प्रति आँफू खुशी भएको बताउँदै वडाले वडावासीका क्षेत्रमा लागि परेर काम गरेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख पार्वता तिवारीले अब वडा–वडामा वडाकार्यालय हुँदा वडावासीलाई सहज हुने र टाढा जाने बाध्यताको अन्त्य हुने बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिका सुन्दर नगरपालिका रहेको बताउँदै यसलाई अझै सुन्दर बनाउन आँफू लगायत सम्पूर्ण जनप्रतिनिधि आ–आफ्नो क्षेत्रबाट लागि परेको बताउनुभएको थियो ।

उक्त कार्यक्रममा वडा कार्यालय निर्माणमा अतुलनीय योगदान गर्ने सहयोगी दाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष ठाडाले कोरोना भाईरसका कारणले गर्दा भव्य रुपमा वडा कार्यालय उद्धाटन गर्न असफल भएकोमा दुख व्यक्त गर्दै वडावासीका समस्यालाई आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।

भवन समुद्घाटन कार्यक्रममा कार्यापालिका सदस्य सकुन्तला गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहजीकरण वडा सदस्य हुमकान्त सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, विभिन्न राजनितिक दलका प्रतिनिधि, वडाकार्यालय निर्माणमा सहयोग गर्ने सहयोगी लगायतको उपस्थिती रहेको थियो ।

वडा कार्यालयको निर्माण करिब १८ लाखको लागतमा सम्पन्न गरिएको हो । आर्थिक बर्ष २०७६र०७७ मा निर्माण सुरु गरिएको थियो भने गत भदौ १ गते देखि प्रशासनिक कार्य सुरु गरिएको थियोे। देवचुली वडा भवन बनाउने जिम्मा डोको कन्स्ट्रक्सनले लिएको हो । कार्यक्रममा करिब २५ जनाको भौतिक उपस्थितीमा स्वास्थ्य मापदण्ड अपनाएर सम्पन्न गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस