कावासोती । विद्यार्थीहरुलाई सरकारले कोभिड–१९ विरुद्धको खोप दिने भए सगै नवलपुरमा पनि विद्यार्थीले खोप लगाउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुलाई खोप लगाउनका लागि जिल्लाका आठ वटै स्थानीय तहबाट विद्यार्थीहरुका विवरण माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विद्यार्थीहरुको विवरण संकलन गरेर एष्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
अहिले तथ्याङ्क संकलन गर्ने र तीन दिनभित्र जिल्लामा तथ्याङ्क दिन स्थानीय तहलाई भनिएको छ । त्यसपछि खोप तालिका सार्वजनिक गर्ने चापागाईले बताउनुभयो ।