२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

इन्स्पेक्टर कपिल वाग्लेको मृत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) १६६६ पाठक संख्या

बर्दघाट ।  पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका इन्स्पेक्टर कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको गृह मन्त्रालयले छानबिन थालेको छ । सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ ।

गत २५ साउनमा कार्यालयअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट इन्स्पेक्टर वाग्लेको मृत्यु भएको थियो । जुन घटना शंकास्पद भएको भन्दै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रश्न उठाएपछि छानबिन समिति बनेको हो । समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ तथा नेपाल प्रहरीका एसएसपी सुदीप गिरी सदस्य छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्स्पेक्टर वाग्लेलाई निलम्बन गरेको भोलिपल्टै उनको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीको घटनाको अनुसन्धानमा गृहले उनलाई निलम्बन गरेको थियो । सो मोबाइल तस्करीमा डिआइजीको मिलेमतो रहेको भनेर नेता कँडेलले संसदमै आरोप लगाएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%३%१%१%

प्रतिक्रिया दिनुहोस