२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनको जंगलमा फेरि भेटियो हाडखोरमात्र रहेको शव

२०७८ श्रावण ३०, शनिबार प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

चितवन । पूर्बी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा एक वृद्धको अस्थिपञ्जर भेटिएको छ । ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक सुवाष भट्टका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ६६ वर्षिय भदै महतोको अस्थिपञ्जर भेटिएको हो । महतोको अस्थिपञ्जर सामुदायीक वनको बरुवाघारीमा भेटिएको उहाँले जानकारी दिनुभयो ।

साउन २५ गते घाँस काट्न गएका महतो बेपत्ता रहेका थिए । उनलाई बाघले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

परिवारले अस्थिपञ्जर संगै भेटिएका कपडा, बोरा र चप्पलका आधारमा महतो रहेको पहिचान गरेको भट्टले जानकारी दिनुभयो । भेटिएका अस्थिपञ्जरहरु डिएनए परिक्षण गरेपछि मात्रै कस्को हो भनेर भन्न सकिने उहाँले बताउनुभयो ।

बेपत्ता रहेका महतोको खोजीका क्रममा शुक्रबार चप्पल लगाएतका सामाग्रीहरु भेटिए पछि आज अस्थिपञ्जर भेटिएको हो । उनको खोजीका लागि हात्ती समेत परिचालन गरिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस