२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्लामै पहिलो पटक कक्षा ११ र १२ मा कानून विषय पढाउने

२०७८ श्रावण ३१, आईतबार प्रकाशित ( साल अघि) १७८१ पाठक संख्या

कावासोती । नवलपुरको सरकारी विद्यालय कुमारवर्ती बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक कक्षा ११ र १२ मा कानून विषय पढाउने भएको छ ।

नवलपुरको कवासोतीमा रहेको यस विद्यालयले चालु शैक्षिक सत्रमा कक्षा ११ मा कानून विषय पढाउने भएको हो ।

कानुन विषय प्रती पछिल्लो समय विद्यार्थीहरुमा आकर्षण बढदै गएको अवस्थालाई मध्यनजर राखदै जिल्लामा पहिलो पटक आफुहरुले कानुन विषयको कक्षा सन्चालन गर्न लागेको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताउनुभयो ।

शनिबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सुवेदीले स्नातक तहमा थप नयाँ विषयहरुको अध्यापन सुरु गरिने जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%११%७%१%

प्रतिक्रिया दिनुहोस