२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बस दुर्घटना, १७ जना घाइते

२०७८ श्रावण ३१, आईतबार प्रकाशित ( साल अघि) ४४९१ पाठक संख्या

चोरमारा । नवलपुरको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चारजनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ ।

अरू घाइतेहरु मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार पछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले नियन्त्रणमा लिएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%४%२२%३%

प्रतिक्रिया दिनुहोस