२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको बौदीकालीमा विद्युत् विस्तारको काम अझै सम्पन्न हुन सकेन

२०७८ श्रावण ३२, सोमबार प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

ज्ञानु पंगेनी

कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा न। ३ र ४ का बासिन्दाको घरमा बिजुली बाल्ने योजना सहित सुरु भएको विद्युत् विस्तारको काम अझै सम्पन्न हुन सकेको छैन् ।

पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको अढाई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन् । गत वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि यहाँ काम अलपत्र परेको छ ।

विद्युतीकरणका लागि २०७५ सालमा, भौतिक पुर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेश मार्फत् १ करोड ८२ लाख १५ हजार ३ सय ९७ रुपैया ४० पैसा बजेट विनियोजन गरिएको थियो । २०७६ सालको माघ महिनाबाट यहाँ पोल गाड्ने काम सुरु भएको थियो । अघिल्लो वर्षको चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भएपनि बिजुली भने अझै पुग्न सकेको छैन् ।

कोभिडको पहिलो लहर सुरु भएपछि लकडाउनको बेला लामो समय काम रोकिएको थियो । गत चैत बाट केही पोलमा तार टाङ्ने काम सुरु गरिएपनि पुनः दोश्रो तलहरको कोभिड – १९ संक्रमणका कारण करीब दुई महिना काम भएपछि अहिले ठप्प बनेको स्थानीय अगुवा कुलमणी ढुंगानाले बताउनभयो । ‘हामिले पटक पटक स्थानीय र प्रदेश सकरारले यस विषयमा ध्यानाकर्षण गरायौँ तर , कसैले पनि चासो देखाएका छैनन् ।

देशैभर विभिन्न विकास निर्माणका कामले गति लिदा पनि यस गाउँमा विद्युत प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुप¥यो ।’ ढुंगानाले भन्नुभयो ।

‘गाउँमा बत्ति आए धेरै सुविधा हुने थियो ,कुटानी पिसानी देखि बत्ति बाल्न, टिभि हेर्न सजिलो हुने थियो । विद्युत नहुँदा कतिपयले गाउँ छाडेर गएका छन् ।’ स्थानीय कृष्ण प्रसाद पराजुलीलले भन्नुभयो ।

‘विद्युत् नहुँदा युवाहरु पनि गाउँबाट पलाएन भएर अन्त अन्त गएका छन । बिजुली भएको भए त गाउँमै केहि गर्ने थिए होलानी रु’ पराजुलीले भन्नुभयो – ‘सिचाईलाई पानिको पनि समस्या रहेकोले बत्ति आएको भए खोलाबाट पानि तान्न पनि सजीलो हुने थियो ,अरु मेशीनहरु चलाउन ,पंखा ,चलाउन सबै सजिलो हुने थियो तर, बत्ति नहुँदा सबै कुरामा समस्या छ ।’

बौदिकाली गाउपालिकाको वडा नम्वर ३ र ४ मा करिव ५ किलोमिटरको दुरीमा १ सय ५० ओटा हाईटेन्सनका पोल गाडिएका छन् भने , लोकल लेभलका करिव १५ किलोमिटरको दुरीमा ४ सय ओटा पोल गाडिएको विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका ईन्जिनियर कविन्द्र कुमार झाले जानकारी दिनुुभयो ।

गत वर्षको वर्षको असोज मसान्तसम्म विजुली बाल्ने सम्झौता भएको भएपनि कोरोना संक्रमणका कारणले समयमा काम गर्न नसकिएको झाले बताउनुभयो । समय थप गरेर केही समय काम सुरु गरेको भए पनि दोश्रो लहरको कोभिडले प्रभावित भएको उहाँको भनाई छ । स्थानीयले बारम्बार ताकेता गरिरहेकाले काम छिट्टै सम्पन्न गर्र्ने प्रयासमा लागेको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस