२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका किसानलाई अनुदानमा तरकारीको बीउ , कृषि यन्त्र र स्प्रेटेङ्की वितरण गरिने

२०७८ भाद्र २, बुधबार प्रकाशित ( साल अघि) १२७२ पाठक संख्या

चोरमारा । पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको तरकारीको बीउ , कृषि यन्त्र (Reaper) र स्प्रे टेङ्की वितरण गर्ने भएको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गरेर नगरपालिका क्षेत्रभित्रका इच्छुक कृषक समूह तथा सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ , कृषि यन्त्र र स्प्रेटेङ्की प्राप्तीका लागि निवेदन आह्वान गरेको छ ।

नगरपालिकाले भदौ १४ गतेसम्म कार्यालय समय भित्र तपशिलका कागजात सहित कृषि विकास शाखामा निवेदन पेश गर्न सम्बन्धित सबैलाई  सूचना मार्फत आग्रह गरेको हो ।

यसका लागि नगरपालिका भित्रका किसानहरुले कृषि समूह तथा सहकारीमार्फत १२ दिन भित्र निवेदन दिन सक्नेछन् ।

तपशिल :
१. कृषक समुह / सहकारी को हकमा
• कृषक समुह सहकारीको निवेदन ।
• कृषक समुह सहकारीको निर्णयको प्रतिलिपी ।
• कृषक समुह सहकारीको दर्ता प्रमाण पत्र प्रतिलिपी ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

२. फार्मको हकमा
• निबेदन ।
• नागरिकताको प्रतिलिपी ।
• फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

३. कृषकको हकमा

• निबेदन ।
• नागरिकताको प्रतिलिपि ।
• खेती गर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी

नोट : थप जानकारीको लागि सर्पक नं.९८५७०८७३५९

IMG_20210818_110009

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस