२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई अनुदानमा बस हस्तान्तरण

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित ( साल अघि) १५५१ पाठक संख्या

चोरमारा । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुदानमा बस हस्तान्तरण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको मध्यविन्दु नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउदै शैक्षिक अवस्था सुधारकालागि बस हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाले नगरपालिका भित्र रहेका चार वटा विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको हो । जनता आदर्श माध्यामिक बिद्यालय ,नव जागरण नमुना माध्यामिक विद्यालय ,जनता माध्यामिक विद्यालय र कुमारवर्ती माध्यामिक विद्यालयलाई अनुदानमा बस हस्तान्तरण गरिएको नगर प्रमुख रानाले बताउनुभयो । सामुदायिक विद्यालयमा अहिल विद्यार्थीहरुको आकर्षण बढदै गएकाले विद्यालयको भौतिक व्यवस्थापन सहितका कार्यहरुमा सहयोग पुर्याउदै आएको नगर प्रमुख रानाले बताउनुभयो ।बस हस्तान्तरण गरिएका विद्यालयका आसपासका क्षेत्रबाट सहज रुपमा विद्यार्थी अध्यनकालागि आउन सकुन भन्ने उद्येश्यले समेत बस हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयबाट पनि बिभिन्न सुविधा सहित गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने बनाउन समेत आफुहरुले सहयोग गरेको नगरपालिका प्रमुख रानाले बताउनुभयो । सामुदायिक विद्यालय प्रति क्रमश विद्यार्थी र अभिभावको विश्वास बढदै गएकाले उनिहरुको विश्वास कायम राख्दै शैक्षिक गुणस्तर प्रदान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘सामुदायिक विद्यालय भन्ने वित्तिकै पढाई नहुने, व्यस्थित नभएको, भौतिक अवस्था जिर्ण भन्ने धारणा कतिपयको हुन्छ, तर हामि यो धारणा परिवर्त गराउन लागेका छौं, सबैको विश्वास कायम गरि गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयपनि सक्षम छन् भन्ने बनाउ लागेका छौं’ नगर प्रमुख रानाले भन्नुभयो –यसका परिणामहरु देखीदैछन् , त्यसैले विद्यार्थीको आकर्षण क्रमश बढदैछ । नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका कार्यक्रम अनुसार विद्यालयलाई बस हस्तान्तरण गर्न रु.६८ लाख बजेट विनियोजन गरेको थियो ।

सोहि विनियोजित रकमबाट विद्यालयहरुलाई अनुदानमा बस हस्तान्तरण गरिएको हो । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाबाट निरन्तर रुपमा बजेट विनीयोजन र त्यसको कार्यान्वयन गर्दै आएको नगरपालिका प्रमुख रानाले बताउनुभयो । सामुदायिक विद्यालयलाई भौतिक अवस्था सुधारका लागि सहयोग मात्रै नभई शैक्षिक गुणस्तर सुधारकालागि शिक्षकहरुलाई क्षमता विकास गराउने खालका कार्यक्रम समेत गर्दै आएको र बिभिन्न समयमा विद्यालयको अनुगमलाई समेत जोड दिइएको नगरपालिका प्रमुख रानाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस