२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एक महिनामा १४५० सवारी कारवाही,९ लाख बढी राजश्व संकलन  

२०७८ भाद्र ४, शुक्रबार प्रकाशित ( साल अघि) १५३३ पाठक संख्या

गंगा विश्वकर्मा

चोरमारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले साउन महिनामा सवारी कारवाहीबाट ९ लाख रुपैया बढी राजश्व संकलन गरेको छ ।

प्रहरीले एक महिनाको अवधिमा १ हजार ४ सय ५० वटा सवारी कारवाही गर्दा नौ लाख २४ हजार रुपैया राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर नारायण थापाले बताउनुभयो ।

कोभिड–१९ को कारण जिल्लामा जारी निषेधाज्ञाको बीच जिल्लामा नीजि र क्रमश सार्वजनिक सवारी सञ्चालनको लागि अनुमति दिएको थियो ।

यस बीच ट्राफिक प्रहरीले सवारीहरुको नियमित चेकजाँच गरेको थियो । सो क्रममा मापदण्ड विपरित सवारी सञ्चालन गर्ने सवारीहरुलाई कारवाही गरिएको थापाले बताउनुभयो।

यसरी सवारी नियम उल्लंघन गर्दै सवारी सञ्चालन गर्नेमा मोटरसाईकल र ट्रक बढी रहेको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले गत आर्थिक वर्षमा सवारी कारवाहीबाट एक करोड १५ लाख २८ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको थियो ।

एक वर्षको अवधिमा १८ हजार एक सय ४६ सवारीलाई कारवाही गर्दा सो रकम राजश्व संकलन भएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस