२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा नगदसहित आठ जुवाडे पक्राउ

२०७८ भाद्र ६, आईतबार प्रकाशित ( साल अघि) ४०२९ पाठक संख्या

चोरमारा । जिल्ला प्रहरी कार्यालय नवलपुरले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ६ टाँडीमा जुवा खेलिरहेको अवस्थामा उनिहरु आज दिउसो ३ः१५ बजे पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हरुको साथबाट नगद ३६ हजार ६ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका वडा नं ६ का ६० वर्षका सत्रुघन थापा, ५१ बर्षका गंगाराम थारु, ५६ बर्षीया मिना कुमारी रावल थापा, वडा नं ५ का ६० वर्षका रेवती रमन घिमिरे, २८ बर्षका लाल बहादुर नेपाली, वडा नं ७ का ४४ बर्षका दोरण लाल श्रेष्ठ, ४४ बर्षका शुरेस बोहरा र वडा नं ८ का ४९ बर्षका अशोक गुरुङ रहेका छन् ।

पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%५%१%३%

प्रतिक्रिया दिनुहोस