२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

चितवन निकुञ्जमा गैंडा मृत फेला

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ५४४ पाठक संख्या

नवलपरासी — चितवन राष्ट्रिय निकुुञ्जको नवलपरासी खण्डमा सोमबार एउटा भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवन निकुन्जको पश्चिमी सेक्टर नवलपरासी अन्तरगत कोलकत्ता टापुको कधी सोहारा भन्ने स्थानमा करिब १० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको हो । हिलो र पानीको दलदल रहेको स्थानमा गैंडा फसेर मरेको अनुमान गरिएको उनले बताए । चर्दै हिँडेको गैंडा ढापमा (पानी हिलोको दलदल) परेर निस्कन नसकेको अनुमान छ ।

मृत गैंडाको खाग र खुर सुरक्षित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस