२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अन्तरक्रिया कार्यक्रम थारु आन्दोलनलाई शसक्त बनाउन दुई निणर्य

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ९१९ पाठक संख्या

नवलपुर , भदौ ७ । टिकापुर विद्रोहको ६ वर्षको स्मरणमा पूर्वी नवलपरासीमा पनि कार्यक्रम सम्पन्न भएको छ । २०७२ साल भदौ ७ गते भएको घटनालाई सम्झदै कालो दिनको रुपमा थारुहरुले मनाएका छन् । टिकापुर विद्रोह भएको ६ वर्ष भैसक्दा पनि थारु माथि झुटा मुदा र राज्यबाट दमनकारी सासनको अन्त्य नभएको भन्दै अबका दिनमा थारुका माग मुद्दामा सुनवाइ कसरी गराउने विषयमा रहेर नवलपुरका थारुहरुले अन्तरक्रिया कार्यक्रम गरेका हुन  । थारु बाहुल्यता रहेको अन्य जिल्लामा आजको दिन विरोध कार्यक्रम गरेर मनाउँदै गर्दा नवलपुरमा भनेर थारु आन्दोलनलाइ कसरी मृत रुप दिने विषयमा अन्तरक्रिया भएको हो ।

Received_829890437900777

थरुहट/थारुवान राष्ट्रिय मोर्चा र थारु कल्याणकारीणी सभा पुर्वी  नवलपरासीको संयुक्त आयोजनामा भएको कार्यक्रममा अधिकाम्स बोल्ने बक्ताले थारुहरु संक्रिय भएर आन्दोलनमा लाग्नु पर्ने बताएका छन्  । राज्यले थारुहरुलाइ छुठा मुद्दामा जन्म कैदको फैसला गरेर थारु माथि अन्याय गरेको समेत बताएका छन् ।

थरुहट/थारुवान राष्ट्रिय युवा शक्तिका वरिष्ठ उपाध्यक्ष जामुन राम थारुले राज्यको दृष्टि थारु प्रति अझै नकारात्मक रहेको बताउनु भएको छ । थारुका माग मुद्दा सम्बोधानमा जुन जोगी  आए पनि कानै चिरेको जस्तै जुन सरकार आए पनि थारुका कुरा सुनवाइ नभएको बताउनु भयो ।

Received_4180541008731454

त्यस्तै राज्यबाट थारुलाइ हतियारको रुपमा मात्रै प्रयोग गरिएको  थरुहट थारुवान राष्ट्रिय मोर्चाका सल्लाहकार गणेशमान महतोले बताउनु भएको छ । महतोले थारुहरुलाइ प्रयोगमात्र गरिएको बताएका हुन  ।

भारि मतले जितेका कैलालीका सांसद रेशम चौधरीलाइ थारु भएकै कारण जन्म कैद र  सयांै मानिसलाई मार्ने व्यक्तिलाई मन्त्रीको पद दिदा यहाबाट थारुलाइ पछाडि पारिएको तथा अन्याय गरिएको प्रष्ट रहेको महतोले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमबाट थारुका आन्दोलन लाई ससक्त बनाउनका निम्ती दुई निणर्य समेत गरिएको छ ।
१ . टिकापुर घटनाका दोषिलाई विना सत रिहाई ,
२. जबसम्म सरकारले छुठा मुदाका आरोपिलाई विना सर्त रिहा गरर्दैन हरेक वर्ष भदौ ७ गते विद्रोहको कालो दिने मनाउने

अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताले जब सम्म थारुको माग मुद्दा सुनवाइ हुदैन तब सम्म थारुको आन्दोलन जारी रहने , कुनै माग पूरा गराउन शान्तिले नभए क्रान्तिमा जानू पर्नेमा समेत अणान रहेको बताएका  छन्  ।

Received_1264992873954689

‘कैलालीको टिकापुरमा २०७२ साल भदौ ७ गते ७ जना प्रहरी र एक नाबालकको ज्यान जादा थारुहरु पनि दुखि छन् । थारुले आन्दोलन गर्ने क्रममा ८ जनाको मृत्युु हुदा दुखको विषय रहेको छ , तर त्यको दोस थारुलाई दिदा यो सुइकाए नरहेको थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्र सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज मान महतोले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस