२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा हामफालेर एक व्यक्ति वेपत्ता

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) ४५४७ पाठक संख्या

चितवन । नारायणी नदीको पुलबाट आज ६ बजेर ५५ मा मिनेटमा एक व्यक्ति हामफालेर वेपत्ता भएका छन ।

पुलमा भेटिएको झोला भित्र भेटिएको नागरिताको आधारमा  प्रहरीले हामफाल्ने व्यक्ति दाङ्ग तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ४ का ४५ बर्षीय अन्तुल प्रसाद गुप्ता हुनसक्ने अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर हुनासाथ वडा प्रहरी कार्यालय, नारायणगढ र जिल्ला प्रहरी कार्यालय ,चितवनको प्रहरी टोलीले खोजतलास कार्य गरिरहेको जानकारी दिए ।

पुलमाथि एउटा झोला भित्र नागरिकताको फोटोकपी गुप्ताको थियो , उनले भने, तर हामफाल्ने व्यक्ति उनीनै हुन या होइनन भन्नृे एकीन गर्न चाहिंँ मिल्दैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%४%११%२%

प्रतिक्रिया दिनुहोस