नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ डण्डा पिप्रेनीमा कान्छी आमाको कुटपिटबाट बालिका सक्त घाइते भएकी छिन् ।
गएराति २८ बर्षीया शान्ति तामाङले ६ बर्षीया बालिका पूर्णिमा परियारलाई कुटपिट गरेका हुन् । बालिकाको ३ वटा दाँत झर्नुका साथै टाउको र दुवै घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
बालिकाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने कुटपिट गर्ने कान्छी आमा प्रहरीको नियन्त्रणमा रहेको छ ।