२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट पहिरोमा बेपत्ता ३ जनाको शव फेला

२०७८ भाद्र १२, शनिबार प्रकाशित ( साल अघि) १६५५ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेमा पहिरो जाँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

बिहीबार राति पहिरोमा परि बेपत्ता भएका एकै परिवारका तीन जना बेपत्ता भएका थिए ।  बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी रहेको थियो ।

पहिरोमा परी हस्तबहादुर पुलामीका श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनीहरू ७ वर्षीया भुमिसार पुलामी र छ वर्षीया देउमाया पुलामी वेपत्ता भएका तिनै जनाको आज शव फेला परेको प्रहरीले जनाएको छ ।

घाइते हस्तबहादुरको भने स्थानीय र सूरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१४%

प्रतिक्रिया दिनुहोस