२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) ९४३ पाठक संख्या

सुरक्षा न्यौपाने

नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत रहेको पूर्वी नवलपरासीको गैँडाकोट भेडावारी जंगलमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । गैँडाकोटको चार स्थानमा डाइभर्सन भत्किएर शुक्रबारदेखि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रहरी कार्यालय गैंडाकोटको अनुसार गैँडाकोट नगरपालिका वडा नं. १० को २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि माटो गिटि राखेर भएपनि सञ्चालनमा ल्याईएको हो । एकतर्फी बाटो सञ्चालनमा आएपनि जामका कारण एक एक गरेर सवारीलाई पार गराईएको प्रहरीले बताएको छ । हिलो माटोमा गाडिहरु फसेपछि यातायात सञ्चालनमा कठिनाई भैहरेको छ ।पानी परिरहेकाले गाडीहरु सहज रुपमा भने ओहोरदोहोर हुन कठिन भएको प्रहरीले जनाएको छ ।

          

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस