काठमाण्डौ । बाढी पहिरो र डुवानमा परी जेष्ठ ३० गते देखी भाद्र १२ शनिवारसम्म ९१ जनाको मृत्यु भएको र ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएको नेपाल प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन भने १ हजार २ सय ७५ जनालाइ विभिन्न स्थानबाट उद्धार गरि उपचारको लागि अस्पताल पुराईएको छ ।
त्यसैगरी देशभरी बाढीको कारण ३ हजार १ सय ८० घर डुबानमा परेका छन भने ९ सय घर,१ सय ५३ चैपाया गोठ, ६० वटा पुल, ८ विद्यालय र १४ सरकारी कार्यालय समेत क्षति पुगेको प्रहरीको तथ्यांकले देखाएको छ ।
मृत्यु हुनेहरुमा ४६ पुरुष , २३ महिला , १० बालक र १२ बालिका रहेको प्रहरीले जनाएको छ ।