२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अनत पर्वमा खेलिने थारु समुदायको भोदी खेल खेलियो

२०७८ आश्विन ४, सोमबार प्रकाशित ( साल अघि) १५४५ पाठक संख्या

कावासोती । अनत पर्वको अवसरमा थारु समुदायले खेल्ने भोदी खेल आइतवार नवलपुरमा पनि खेलियो । शिवशक्ति युवा क्लवको आयोजनामा उक्त खेल आयोजना गरिएको हो ।

जिल्ला स्तरीय भोदी खेल प्रतियोगितामा श्री कुमारवर्ती थारु युवा समुह कावासोती ११ कुढौली प्रथम भएको छ । कावासोती १७ गोछाडामा आयोजित भोदी खेल प्रतियोगितामा कुढौली प्रथम भएको हो । शिवशक्ति युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा डाइमन युथ सोसाइटी कावासोती १२

दोस्रो र नेशनल युथ क्लब गैरीले तेस्रो स्थान बनाउन सफल भएको छ । भोदी खेल संरक्षण तथा सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना भएको खेलमा प्रथम, दोस्रो तेस्रो हुने समूहले क्रमश: २५, १५ र १० हजार रुपैया प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस