२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीका बालक १ साता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

२०७८ आश्विन ४, सोमबार प्रकाशित ( साल अघि) १५५४ पाठक संख्या

देवचुली । जिल्लाको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत १ हप्तादेखि बेपत्ता भएका छन्। स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली ९सोमई० गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता भएका हुन् ।

मंगलबार बिहान आफ्नो जेठो दाजु तोमसँग एकछिन गाउँ डुलेर आउँछु भन्दै साईकल लिएर गएका रेम (सोमई) बेलुकीसम्म घर नफर्केको सोमईका बुबाले बताउनुभयो ।

सोमईका बुबा र आमा किसानी गर्ने भएकाले बिहान ६ बजे देखि बेलुकी ६ बजेसम्म खेतबारीमै रहने बताए । सधैजसो उनीहरु मंगलबार पनि खेतमा काम गर्न गएका थिए साँझ खेतबाट घर फर्किदा छोरो घरमा नभएपछि खोजी गर्न थालेको बुबा नेपालीले बताउनुभयो ।

गाउँतिर आफन्त सबैकोमा खोजीयो तर कतै कुनै पत्ता नलागेपछि ईलाका प्रहरी कार्यालय रजहरमा जानकारी गराएको सोमईका बुबाले बताउनुभयो ।

प्रहरी पनि खोजीकार्यमा लागिरहेको छ । बेपत्ता भएका बालकले माथि कोठे शर्ट, तल ट्रयाक र कालो तुना चप्पल लगाएको छन् । भेटाउनु हुने माहानुभावहरुले ९८११९२४९८५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

नातेदार,आफन्त,चिनजान भएका सबै ठाउँमा सम्पर्क गर्दा समेत उनी फेला नपरेपछि परिवारले प्रहरीमा निबेदन दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१०%

प्रतिक्रिया दिनुहोस