२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित ३ जना पक्राउ

२०७८ आश्विन ५, मंगलबार प्रकाशित ( साल अघि) १९२७ पाठक संख्या

गैँडाकोट । गैँडाकोट प्रहरीले अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

गैँडाकोट नगरपालिका वडा नं: २ नारायणी पुल नजिकैबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

पुर्वबाट पश्चिम तर्फ जान आउँदै गरेको बाग्मती प्रदेश ०३- ००१- च १२८३ नम्बरको टाटा पिकअप भ्यानमा लागु औषध ल्याउदै गरेका तीनजना पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं: ११ का प्रकाश कार्की, भरतपुर महानगरपालिका वडा नं: ९ का २२ वर्षका शुरेश तामाङ, र देवघाट गाउँपालिका वडा नं: ५ का २२ वर्षका मिलन गुरुङ्ग रहेका छन् ।

उनिहरुले नुरफिन ५६ थान, फेनारगन ५६ थान र डाईजापाम ६० थान गरि कुल १७२ थान लागुऔषध भ्यानको स्टेरिङ मुनि लुकाएर ल्याउदै गरेका थिए ।

विहान चारबजे पक्राउ परेका उनिहरुको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%४%३%२%३%

प्रतिक्रिया दिनुहोस