२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरका पत्रकार राना र रेग्मी कांग्रेसकाे सकृय राजनितिमा

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित ( साल अघि) १३२७ पाठक संख्या

कावासोती । नवलपरासी (पूर्व) का २ जना युवा पत्रकार केवी राना र आशिष नेपाली कांग्रेसको सकृय राजनितिमा प्रवेश गरेका छन् । हालै सम्पन्न नेपाली काग्रेसको १४ औं महाधिवेशन मार्फत राना र रेग्मी क्रमशः गाउँपालिकाको सभापति र सचिव पदमा निर्वाचित भएका हुन् ।

पत्रकार केवी राना नेपाली कांग्रेस बौदीकाली गाउँपालिकाको सभापति पदमा निर्वाचित भए भने पत्रकार आशिष रेग्मी (चोलाकान्त) काग्रेस हुप्सेकोट गाउँपालिकाको सचिव पदमा निर्वाचित भए ।

काग्रेस निटक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका राना स्थानीय देवचुली टेलिभिजनमा लामो समयदेखि आवद्ध छन् । त्यसैगरी प्रेस युनियन नवलपुरको सचिव रहेका रेग्मी नवलपुरबाट सञ्चालन हुँदै आएको नवलपुर टाईम्सका अध्यक्ष हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस