२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित ( साल अघि) ६७० पाठक संख्या

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका वडा नम्बर ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डी रहेकी छिन् ।

विहिबार भद्रपुर नगरपालिका–१० मा रहेको चन्द्रगढी सामुदायिक वनमा श्रीमान सुकलालसंगै निगुरो टिप्न जंगल गएकी लतुमाई मर्डीको हात्तीले सुँडले तानेर लगेको थियो । त्यसपछि श्रीमान सुकलालले प्रहरीलाई खबर गरेका थिए ।

सुरक्षाकर्मी र स्थानीयले खोजी गर्दा लतुमाईको शव सेती खोला नजिक फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस