२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

देवचुलीमा फुटबल खेलाडीलाई १५ थान जर्सी प्रदान

२०७८ आश्विन १५, शुक्रबार प्रकाशित ( साल अघि) ९४७ पाठक संख्या

बिबेक भण्डारी ,
नेपाली कांग्रेस देवचुली वडा नम्बर चारले खेल क्षेत्रमा लागेका स्थानिय खेलाडिहरुलाई प्रोत्साहन कार्यक्रम सुरु गरेको छ । नेपाल विद्यार्थि संघका पुर्ब केन्द्रिय सदस्य एवंम नेपाल जेसिस का केन्द्रिय उपाअध्यक्ष गोकुल सापकोटाको सहयोगमा खेलाडीहरुलाई फुटबल जर्सी वितरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै सापकोटाले आफु खेल प्रेमी रहेको बताउदै खेल क्षेत्रमा लाग्ने तथा न्युन आय स्तर रहेका खेलाडिहरुलाई बडो समस्या हुने भएकोले खेल क्षेत्रमा लागेका युवाहरुलाई केहि भए पनि प्रोत्सान हुने विश्वासले आफुले फुटबल जर्सी वितरण गरेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथी नेपालि कांग्रेस गैंडाकोटका पूर्व सभापति तारापती खरेल , क्षे. प्रतिनिधि खुम्नाथ लम्साल, हेमराज भण्डारी, सन्तोष कार्की , इन्द्र दरै र संयोगजक रुपेस बि कको समेत सहभागिता रहेको थियो । कार्यक्रमका सभापति नेपाली कांग्रेस देवचुली चारका सभापति दिपेन्द्र थापाले खेलकुदले स्वास्थ र अनुशासन पालना गराउन सहयोग गर्ने भन्दै जिल्ला र राष्ट्रीय स्तरका खेलाडी बन्न प्रोत्सान र आफ्नो तर्फबाट हुन सक्ने सहयोग खेलाडीमा सदैव गर्दे जाने बताउनुभयो ।

१५ सेट फुटबल ड्रेस (जर्सि) दिब्य दर्शन युवा क्लब देबचुली ४ का अध्यक्ष गणेश गुरुङलाई गोकुल सापकोटाद्धारा हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेस देवचुली चारका वडाका पार्टी सचिव ज्ञानेन्द्र खनालले संञ्चालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस