२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ईन्टरनेट सेवाप्रदायकले ४ बर्ष देखि तिरेनन पोलभाडा : महङ्गो भएको व्यवसायीको गुनासो

२०७८ आश्विन १७, आईतबार प्रकाशित ( साल अघि) १०१६ पाठक संख्या

रमेश बस्ताकोटी/ कावासोती

नवलपुरमा रहेका ईन्टरनेट सेवा प्रदायकहरुले ४ बर्ष देखि पोल भाडा बुझाएका छैनन् । बिद्युत प्राधिकरणको पोलमा आफ्नो तार टाँगेर सेवा विस्तार गरेवापत तिर्नुपर्ने पोलभाडा उनिहरुले ४ बर्ष सम्म पनि नबुझाएका हुन् ।

 

नेपाल बिद्युत प्राधिकरण कावासोतीका प्रम्ख अमित कुमार कर्ण ले २०७४ सालमा नयाँ दररेट कायम भएपछि कुनै पनि कम्पनीले प्रधिकरणलाई पोलभाडा नबुझाएको जानकारी दिए । उनका अनुसार नयाँ दररेट कायम हुनु पुर्वको भाडा पनि कतिपय कम्पनीले अझै तिर्न बाँकी छ । “हामीले पोल भाडा बुझाउन आउन पटक पटक पत्रचार गरेका छौं, तर ईन्टरनेट सेवा प्रदायक सस्थाहरुले टेरपुच्छर लगाएका छैनन् ।” कर्णले सत्यकलम संग भने । कतिपय सेवा प्रदायक सस्थाहरुले चिठी बुझ्न समेत नमानेको कर्णको भनाई छ ।

 

“धेरै पटक पत्रचार भयो , हामीले कयौं पटक ताकेता गर्यौं , तर पनि उहाँहरुले ४ बर्ष देखि एक रुपैया पनि बुझाउनु भएको छैन । उहाँहरुलाई आफ्नो डाटा बुझाउन भनेपनि डाटा समेत बुझाउनु भएको छैन ।” कर्णले  टेलिफोन कुराकानीमा बताए । कर्णले सबैको लगत संकलन भईरहेको र छिट्टै कारवाहीको प्रक्रिया थाल्ने बताए । उनले फेरी एक पटक सबै सेवा प्रदायकलाई पत्रचार गरेर बोलाउने र भाडा तिर्न अनुरोध गर्ने बताए । उनले राज्यको कानुन सबैले मान्नु पर्ने भन्दै कानुन उलंघन गर्नेलाई कारवाही हुने बताए ।

 

नवलपुर जिल्लामानै दर्ता दर्ता रहेको ईन्टरनेट सेवा प्रदायक कम्पनी कस्मिक नेट प्रा.लिका प्रवन्ध निर्देशक केशब प्रसाद भट्टराईले प्राधिकरणले अनाबश्यक रुपमा धेरै भाडा लिएकाले पोल भाडा तिर्न नसकिएको बताए । उनले जनतालाई मार पर्ने हिसावले पोल भाडामा बृद्धी गरेकाले नयाँदररेट कायम भएपछि भाडा नबुझाएको स्विकार गरे । “ अहिले युगमा र्यन्टरनेट सस्तो हुनुपर्छ भनने मान्यता छ , प्राधिकरणले पोल भाडा बढाएपछि ईन्टरनेटको दरमा पनि बृद्धी गर्नुपर्ने अबस्था आउँछ , यसले सर्वसाधारण मर्कामा पर्छन् ।” भट्टराईले भने । उनले सरकारले पोड भाडा वापत न्युनतम शुलक लिनुपर्ने बताए । “न्युनतम शुलक लिए सबैले तिर्छन् , तिर्नै नसक्ने गरि भाडा बढेपछि असहज भएको छ ।” भट्टराईले ईन्टरसेवा अवरुद्ध गरेर प्राधिकरणले नागरिकको सुचना पाउने अधिकार हनन गरेको आरोप लगाए । भट्टराई प्राधिकरण आफ्नो निर्णयबाट पछि नहटे आन्दोलन अझै चर्कने बताए ।

 

प्राधिकरणले २०७४ साल अघि प्रति पोल नगरपालिमा १ सय ५० र गाउँपालिकामा प्रति पोल १ सय भाडा लिँदै आएको थियो । २०७४ सालमा नयाँ दररेट कायम भएपछि प्राधिकरणले प्रति किलोमिटर १२ हजार भाडा तोकेपनि कसैले पनि सो भाडा बुझाएका छैनन् ।

टेलिकम र एनसेल बाहेक नवलपुर जिल्लामा १३ वटा कम्पनीले ईन्टरसेवा प्रदान गर्दै आएका छन् । ति मध्य २ वटा कम्पनी नवलपुरमा नै दर्ता भएर संचालित छन् ।

 

नेपाल बिद्युत प्राधिकरणले पोल भाडा नबुझाएपछि चितवनको भरतपुर सहित देशका मुख्य शहरहरुमा ईन्टरनेटको तार काटिदिएको छ । तार काटिएपछि व्यवसायीहरु अहिले आन्दोलित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस