२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालीकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ दिने

२०७८ आश्विन १९, मंगलबार प्रकाशित ( साल अघि) १२०६ पाठक संख्या

नवलपरासी पूर्व — कावासोती नगरपालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ दिने भएको छ ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले नगरपालिकाभित्र कोराना संक्रमणले ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । यो रकम दसैंअगाडि नै वितरण गरिने पनि उनले बताए ।

कावासोती नगरपालिकाभित्र गत १९ महिनाको अवधिमा ५५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस