२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

बढ्यो दसैंको चहलपहल, बजारमा किनमेल गर्नेको भीड (फोटोफिचर)

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) १३९४ पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ। उपत्यकाका विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ।

विश्वव्यापी कोरोना महामारीको प्रवाह नगरी मानिसहरू बजारमा किनमेल गर्न लागेको देखिएको छ। कोरोना संक्रमण दर कम हुनु, यसविरुद्धको खोप कतिपयले लगाएका कारण भीड बढेको हो। अघिल्लो वर्ष महामारीकै कारण खुलेर दसैं मनाउन नपाएकाहरू यसपटक दसैं मनाउन लागेका हुन्। यद्यपि बन्द रहेका पसल संक्रमण कम हुँदै खुलेपछि मानिसहरुको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरु बताँउछन्।

दशैंको अघिल्लो दिनसम्म पनि काठमाडौं उपत्यकाबाट बाहिरिन र बजार आउनेको भीड कम हुँदैन। दसैंको चहलपहल बढेसँगै उपत्यकाको असन, न्यूरोड, लगनखेल लगायतका बजारमा किनमेल गर्नेको भीड लागेको छ। ती स्थानमा पुगेर अन्नपूर्णकर्मी सुनिता डंगोलले त्यहाँको दृश्यलाई क्यामेरामा कैद गरेकी छिन्।

हेर्नुहोस् तस्बिरहरू :

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस