२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी किनारका होटल–लजका कारण आपराधिक घटना बढेको छ –सिडीओ नवलपुर

२०७८ आश्विन २०, बुधबार प्रकाशित ( साल अघि) १०९३ पाठक संख्या

खगेन्द्र पराजुली । नवलपुर । असोज २० ।

६६ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले प्रहरी कर्मचारीले आफुलाई रोलमोडलका रुपमा उभ्याउन जरुरी रहेको बताईन् ।

कावासोती स्थित जिल्ला प्रहरी कार्यालय नवलपुरको परिसरमा बुधवार आयोजित समारोहमा प्रमुख अतिथि समेत रहेकी सिडीओ पंगेनीले शान्ति सुरक्षा कायम र अपराध नियन्त्रणको प्रमुख दायित्व बोकेको प्रहरी संगठनका कर्मचारीले नागरिकको मन जित्ने गरी सेवा प्रवाह गर्न पनि आग्रह गरिन् ।

उनले जिल्लामा शान्ति सुरक्षा कायममा चुनौती बढ्दै गएको समेत बताईन् । नारायणी नदी तटीय क्षेत्रमा खुलेका होटल–लज, रिसोर्ट–रेष्टुरेण्टले ब्यवसायिक र पर्यटकीय उद्योगमा टेवा पुर्याए पनि अपराधजन्य घटनामा बृद्धि भएको बताएकी हुन् । यसको न्यूनीकरणमा नागरिकले प्रहरीसँग समन्वय बढाउनुपर्ने धारणा राखिन् । उनले जिल्लाका विकट पहाडी गाउँमा छिटो छरितो सेवा प्रवाहमा समस्या आउने गरेको बताईन् ।

समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीले गरेका थिए ।गिरीले अनधिकृत र गैरकानूनी रुपमा नदीजन्य बस्तुको ओसारपोसार र उत्खनन्, लागु औषध ओसारपोसार, हारजित हुने गरी भएका जुवातास जस्ता क्रियाकलाप नियन्त्रणमा नवलपुर प्रहरीको उल्लेख्य सक्रियता रहेको बताए ।

समारोहमा बिबिध बिधामा उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार बितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%२%

प्रतिक्रिया दिनुहोस