२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवा दुर्गा मन्दिरमा दशैंको तयारी

२०७८ आश्विन २१, बिहिबार प्रकाशित ( साल अघि) ८१३ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका – २ कोल्हुवामा पनि नवदुर्गा भवानीको विजय उत्सव मनाउने तयारी गरीएको छ।

हरेक वर्ष झै यस वर्ष पनि कोल्हुवामा “नवदुर्गा भवानीको विजय उत्सव” मनाउने तयारी तिव्र पारीएको दुर्गा मन्दिरका मूल आयोजक समितिले जनाएको छ ।

Received_380817577008700

कोरोनाको विसम परिस्थितिमा पनि पाहिले जस्तो चहलपहल नगरी स्थानीयद्धारा कार्यक्रमको सञ्चालन गर्ने लागेको मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सरस्वती पन्थीले बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्न सम्पुर्ण तयारी सम्मेत पुरा गरेकोे अध्यक्ष पन्थीले जानकारी दिनुभयो । प्रमुख बाचक रुपमा पण्डित लोकमणी पराजुली र उप- बाचकका रुपका सन्य सरण पराजुली रहेका छन् । स्थानीय भजन टोलीद्धारा भजन कृतन गरिने बताईएको छ ।

मध्यविन्दुको कोल्हुवामा यहि असोज २१ गते देखि २९ गतेसम्म चल्ने नवरात्र हाम्रा रिती रिवाज, परम्परा, दिव्य नवरात्री ब्रतमहोत्सव एवम् श्रीमद्देवी भागवत महापुराण कथा , धर्मीक भजन,संकृतन झल्कने खालका कार्यक्रम विच मनाईन लागीएको हो।

Received_1424378737695980

विधिवत रुपमा राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म नवरात्रभर शक्तिको आराधना गरी मनाउने तयारी गरीएको छ। दशमी नवरात्र आयुध पूजा नेपालीहरूको प्रमुख चाड भएकाले यस पर्वलाई सभ्य, भव्य र मर्यादित तवरले मनाउनू पर्नैमा मध्यविन्दु दुईका वडाध्क्षय नारायण पौडेलले जोड दिनूभएको छ ।

सो कार्यक्रममा मध्यबिन्दुमा रहेका सम्पूर्ण हिन्दु धर्मालम्वीहरु साथै अन्य धर्मावलम्ली विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मीहरु, लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा उपस्थिति भै कार्यक्रम सफल बनाइदिन समेत अनुरोध गर्नु भएको छ।

त्यसैगरी वेद चण्डी, रुद्री, धार्मिक प्रवचन, सन्ध्याकालिन पूजा ,चण्डी पाठ, नव दुर्गा पुजा ,फूलटिका, भागवत महापुराण बाचन ,राती ९ बजेदेखि १२ बजेसम्म भजन, संकृतन र लगाएतका कार्यक्रम नियमीत रुपमा सञ्चालन हुने समितीलेजनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस