काठमाडौ । आइतबार साझ देखी परेको अविरल वर्षाको कारण सुदुरपश्चिम प्रदेशको डोटी , बैतडी र डडेल्धुरामा १५ जनाको मृत्यु भएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दका अनुसार डोटीमा ९ जना , बैतडीमा ४ र डडेल्धुरामा २ जनाको बाढी पहिरोमा परेर मृत्यु भएको हो ।
त्यसैगरी प्रहरीका अनुसार कैलाली र बझाङ जिल्लामा २८ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा बझाङको थलारा गाउँपालिका ४ को डिख्लामा पहिरोले घर बगाउँदा ४ परिवारका २३ जना , कैलाली नदिमा बगेर ४ र डोटीमा एक जना बेपत्ता भएका छन । पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
पुर्वी नेपालको अधिकान्श जिल्लामा केहि दिन देखिको अविरल वर्षाको कारण इलाममा ७, पाँचथरमा छ , धनकुटामा छ र सुनसरीमा दुई जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
साथै धान बालीमा समेत ठूलो असर पुगेको बताइएको छ । बाढी पहिरो र डुबान बाट मुलुकका १९ जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ ।