२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा अवैध लागूऔषध बरामद, युवक मोटरसाइकल छाडी फरार

२०७८ मंसिर १८, शनिबार प्रकाशित ( साल अघि) १९८७ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले अवैध लागूऔषध बरामद गरेको छ।

कावासोती नगरपालिका – १६ चालिस किलोस्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल फेनारगन, ४ सय ५० एम्पुल डाइजेपाम, ४ सय ५० एम्पुल नुफिन र २ सय ७० ट्याब्लेट नाईट्रोभेट शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ ना ६ प ५०१५ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमाथि झोलामा रहेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%३%

प्रतिक्रिया दिनुहोस