२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

महिला प्रहरीहरुलाई डान्समुभमेन्ट थेरापी प्रदान

२०७८ मंसिर २०, सोमबार प्रकाशित ( साल अघि) ५२२ पाठक संख्या

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकाको विभिन्न विटमा कार्यरत महिला प्रहरीहरुलाइ आइतबार एकदिने डान्समुभमेन्ट थेरापी कार्यक्रम प्रदान गरिएको छ ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको सन्दर्भलाइ जोडदै महिला प्रहरीहरुको तनावलाइ व्यवस्थापन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक सस्था शुभ अवसरग्राम नेपालकी कार्यकारि निर्देशक सिस्टर दुर्गा श्रेष्ठले बताउनु भयो । सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै काठमाण्डौ महानगरपालिकाका समाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले,“लैङ्गिक हिंसा पुरातन सोच र मुल्यमान्यताबाट ग्रसित हिंसात्मक व्यवहार भएको र यसलाइ तोडन सामुहिक एक्यबद्धता आवश्यक रहेको” जिकिर गर्नु भएको थियो ।

Received_650986246263986

उद्धघाटन सत्रलाइ सम्बोधन गर्दै महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यकारी निर्देशक सृजना पुनले,“डान्समुभमेन्ट थेरापीले मन र दिमागलाइ सन्तुलनमा ल्याउन सहयोग गर्नुको साथै यसको प्रभाव आफनो दिनचर्यामा पर्ने ” बताउनु भयो । कार्यक्रममा शुभ अवसरग्रामकि समाजिक कार्यकर्ता हिमा बोहराले सस्थाको परिचय सहितको प्रस्तुती गर्नु भएको थियो । व्यक्तिको शरिर मात्रै बलियो भएर हुदैन मानसिक रुपले पनि स्वस्थ र बलियो हुनु पर्ने डान्स मुभमेन्ट थेरापीको मुख्य अभिप्राय रहेको थियो ।

उपत्यकाको काठमाण्डौ,भक्तपुर र ललितपुर स्थित विभिन्न विटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत महिला प्रहरीहरुलाइ लक्ष्ति गर्दै गरिएको उक्त कार्यक्रममा २५ प्रहरीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम शुभ अवसर ग्राम नेपालको आयोजना तथा महिलाको निम्ति महिला मञ्च नेपाल र लैगिंक हिंसा नियन्त्रण सञ्जालको समन्वयमा भएको थियो ।

कार्यक्रमलाइ गुडसेफर्ड इन्टरनेशनल फाउण्डेसनले आर्थिक सहयोग गरेको थियो । डान्स मुभमेन्ट थेरापीमा महिला एकता समाजकि भगवती अधिकारी र महिलाको निम्ति महिला मञ्च नेपालकी मनोविमर्शकर्ता अप्सरा थापाले प्रशिक्षण दिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस