२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कांग्रेस नेता विष्णुकुमार कार्कीको केन्द्रीय सदस्यमा उम्मेदवारी

२०७८ मंसिर २२, बुधबार प्रकाशित ( साल अघि) २२०६ पाठक संख्या

कावासोती  । नेपाली काँग्रेस नवलपुरका नेता विष्णुकुमार कार्कीले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं नवलपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत बनेका कार्किले बुधबार नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

नेता कार्की संस्थापन देउवा पक्षका प्रभावशाली नेता हुन् । केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने आफुले घोषणा गरिसकेको उनले बताए । नेता कार्की संगठन बिभाग केन्द्रीय सदस्य पनि हुन् ।

पार्टी संगठनलाई बलियो बनाउन अहम भुमिका खेलेको र पार्टीको नेतृत्वदायी भूमिका पाएमा कुशलतापूर्वक निर्वाह गर्ने उनले बताए । ‘मैले पार्टीका लागि गरेको योगदानको मुल्यांकन गर्ने जिम्मा आम नेता, कार्यकर्ताको हो,’ कार्कीले टेलिफोनमा भने ‘पार्टीलाई सशक्त बनाउन, विधि पद्धती र प्रक्रियाबाट पार्टीलाई चलाउनका लागि आफ्नो उम्मेदवारी रहेको कार्कीले बताएका छन् ।

नेपाली कांग्रेसलाई कसरी सुदृढ बनाउन सकिन्छ, पार्टीका कार्यकर्तालाई कसरी न्याय दिन सकिन्छ, त्यसमा मेरो विशेष ध्यान केन्द्रित हुनेछ,’ उनले थपे । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस