२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा गैंडा मृत फेला

२०७८ मंसिर २७, सोमबार प्रकाशित ( साल अघि) ९५८ पाठक संख्या

चितवन । भरतपुर महानगर—१६ मा गैंडा मृत फेला परेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा मृत फेला परेको हो ।

‘प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिदैछ’, उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्ट पछिमात्रै थाहा हुन्छ ।’

उनले गैंडाको सिंग र खुर सबै अंगहरु सुरक्षित रहेको बताए । मृत गैंडाको शरिरमा कुनै चोट पनि देखिएको छैन । गैंडाको सिंग र खुरहरु डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।

विहान ८ बजे फेला परेको गैंडा भएको क्षेत्रमा डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोली खटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यो आर्थिक वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १५ गैंडा मृत फेला परेका थिए ।

एकआपसमा जुधेर, हिलोमा भासिएर गैंडाहरु मर्ने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस