२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

अमर ज्योती सामुदायिक वन देवचुलीको अध्यक्षमा पुन:टुकलाल

२०७८ पौष १२, सोमबार प्रकाशित ( साल अघि) ९०५ पाठक संख्या

देवचुली । अमर ज्योती सामुदायिक वन को अध्यक्षमा पुन टुकलाल रुचाल मगर चयन भएका छन । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानमा मगरले ४ सय ५६ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी जुद्धबहादुर दराईले ३ सय ६१ मत ल्याएर पराजित भएका हुन ।

यस्तै उपाध्यक्षमा झमबहादुर माकिम मगरले ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्धन्दी अनप्रसाद भण्डारी ३ सय ३४ मत ल्याएरका थिए । कोषध्यक्षमा एकबहादुर दरैले ४ सय ५१ म्त प्राप्त गरि बिजय बनेका हुन । उनका प्रतिद्धन्दी शिव घिमिरेले २सय ६५ मत ल्याएका थिए । यस्तै सदस्यमा तुलबहादुर राना,निलम गुरुङ चयन भएका छन ।

लेखा समिति सदस्यमा रिपुबहादुर अधिकारी र मोतीमाया गुरुङ चयन भएका छन । नव निर्वाचित अध्यक्ष टुकलाल रुचालले आफुलाई अमुल्य मत प्रदान गरेका उपभोक्ताहरुका लागि काम गर्ने बताए । उनका अनुसार आफुले सवैप्रथम वन र वस्ती बिचको द्धन्दकम गर्न लागि पर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस