नवलपुर— कांग्रेसका बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले ती जिल्लाको अधिवेशन पुस २७ गते सम्पन्न गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय महाधिवेशन भए पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन हुन बाँकी छ ।यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको थिएन ।
बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशन समेत सम्पन्न भइसकेको छ ।