कावासोती । नवलपुर प्रहरीले ५४ हजार रुपैयाँ सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कावासोती नगरपालिकामा–२ विपि चोक स्थित चोल बहादुर कानुङको घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई ५४ हजार ५ सय ६० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कावासोती ३ बस्ने बर्ष २८ को बुद्धी पुलामी, कावासोती ३ निवासी बर्ष ३८ को डम्बर सिंह लामिछाने मगर, कावासोती–२ बस्ने बर्ष ४० को नरेश कुमार वि.क , कावासोती २ निवासी बर्ष ३५ को विजय कुमार रसाईली, कावासोती २ निवासी बर्ष २५ को शंकर सुनार, कावासोती २ निवासी बर्ष २३ को भिम कुमार श्रेष्ठ, बर्ष २४ को कृष्ण बहादुर वि.क , बौदीकाली गाउँपालिका ४ बस्ने बर्ष ३१ को लेख बहादुर फाल, बौदीकाली २ बस्ने बर्ष ४० को खिम बहादुर लामिछाने, बौदीकाली ३ बस्ने बर्ष २५ को विशाल मर्स्याङ्गी र भारत घर भई हाल कावासोती–३ बस्ने बर्ष ३२ को हविजित यादव रहेका छन् ।