२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल र्दुघटनामा चालकको मृत्यु

२०७८ पौष २६, सोमबार प्रकाशित ( साल अघि) १६८६ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ शिवपुरमा गएराति मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका १ , ठुटीपिपल बस्ने २० बर्षीय राहुल बासथोरको निधन भएको हो ।

त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १२ प ६३४४ नं मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक राहुलको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याईएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकलमा पछाडी सवार रहेका रुपन्देहीको भैरहवा–१३ बस्ने ३३ बर्षीय लाल जीवन बासथोर घाइते भएका छन् ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%२%

प्रतिक्रिया दिनुहोस