२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरका सीडीओलाई कोरोना संक्रमण

२०७८ माघ १, शनिबार प्रकाशित ( साल अघि) ६६१ पाठक संख्या

कावासोती  —  नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

६ दिनअघि यहाँ कार्यभार सम्हाल्न आएका प्रमख जिल्ला अधिकारीले शुक्रबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । शुक्रबार बिहान ११ बजे उनले आफ्नै कार्यकक्षमा जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए ।

ुसञ्चारकर्मीहरुसँग भेटभाटपछि पीसीआर परीक्षण गराउन जिल्ला अस्पताल गएको थिएँ । अहिले प्राप्त रिपोर्टमा कोरानो संक्रमण पुष्टि भयो, उनले भने, सबै साथी सुरक्षित बसिदिनु होला ।

जिल्ला आएदेखि नै उनी विभिन्न संघसंस्था, राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए । उनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन सर्वसाधारणसँग अपिल गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस