२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ‘नरभक्षी’ बाघ समात्न सकस

२०७८ माघ १, शनिबार प्रकाशित ( साल अघि) १३१६ पाठक संख्या

नारायण शर्मा

नवलपरासी पूर्व — दुम्कीबास आसपासमा मान्छेलाई आक्रमण गरिरहने बाघ समात्न गरिएको प्रयास ४ दिन भइसक्दा पनि सफल हुन सकेको छैन । गत बुधबारबाट विनयी त्रिवेणीको विनयी सामुदायिक वनमा चितवन राष्ट्रिय निकुञ्जको हात्तीसहितको टोलीले बाघ खोजी सुरु गरेको हो ।

शनिबारसम्म बाघ बिचरण गरेको स्थान यकीन हुन नसकेको निकुन्जका सहायक वार्डेन राजु घिमिरेले जानकारी दिए । उनका अनुसार तीन वटा हात्तीसहित ९ जना प्राविधिकको सहयोगमा ुनरभक्षीु बाघको खोजी सुरु गरिएको छ ।

विनयी त्रिवेणीको उत्तरमा रहेको होङ्सी सिमेन्टभन्दा केही पर जोडी बाघको ९भालेपोथी० पाइला ९पगमार्क० देखिएको भए पनि त्यो पाइला नयाँ ९हालै हिँडेको० वा पुरानो हो भनेर पत्ता लगाउन समस्या भएको उनले जानकारी दिए । कुन बाघ हो भनेर त्यसको पैतालाको नापजाँच सुरु गरिएको छ ।

मान्छे खाएको स्थानमा देखिएको बाघका पाइला र अहिले फेला परेको बाघको पाइलामा अध्ययन गरेर यकिन गर्न सकिने उनले बताए । ‘तीन साताअघि बाघले मान्छे खाएको स्थान र हाल बाघको पाइला देखिएको ठाउँ २० किलोमिटर टाढा भएकाले फरक बाघ हुन सक्ने पनि देखिन्छ’, घिमिरेले भने । दुवै स्थानका पाइलाको अध्ययनपछि मात्र त्यसको यकिन गर्न सकिने उनको भनाइ छ ।

हात्ती परिचालन भएको सुँइको पाएपछि जोडी बाघ अन्यत्र हिँडेको अनुमान घिमिरेको छ । ‘हात्ती परिचालन भएपछि बाघको भाले पोथी उकालो लाग्दै गरेको अवस्थामा पाईला भेटिएको टोलीले देखेपछि थप अध्ययन सुरु गरिएको छ’, घिमिरेले कान्तिपुरसित भने, ‘हात्ती हिँडेको चाल पाएपछि बाघले बासस्थल फेर्ने सम्भावना हुन्छ त्यसैले पहिला बाघ रहेको क्षेत्र पत्ता लगाएपछि नियन्त्रणमा लिन केही सजिलो हुन्छ ।’

ठूलो जंगलमा बाघको खोजी जटिल र खर्चिलो हुने घिमिरेले सुनाए । ‘३ वटा हात्ती र ९ जना प्राविधिकको खर्च दैनिक रुपमा करिब ४२ हजार रुपैयाँ खर्च हुन्छ’, घिमिरेले भने, ‘त्यसैमा मान्छे खाएकै बाघ पत्ता लगाउने काम झन् जोखिम छ ।’

दुम्कीबास आसपासमा गत २ महिनाको अवधिमा बाघले २ जनाको ज्यान लिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् । बाघ आतंकपछि स्थानीय जंगल जान छोडेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस