काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक विष्णु कुमार केसीलाइ नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्तालाइ ९८५१२९२१११ नम्बरमा सम्पर्क गर्न सकिने छ । एसएसपी केसी यसअघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए ।