कावासोती । जबरजस्ती करणी गरेको आरोपमा नवलपुरमा एक पुरुष पक्राउ परेका छन् ।
कावासोती नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय बिमल कंडेल मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
स्थानीय १४ वर्षीय बालिकालाई गत पुस १७ गते जबरजस्ती करणी गरेको आरोपमा कंडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताए ।
पक्राउ परेका उनिमाथी मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्यअघि बढाईएको गिरीले जानकारी दिए ।