२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा कार र ट्र्याक्टर ठोक्किँदा ६ जना घाइते

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) १४०५ पाठक संख्या

कावासोती – नवलपुरको कावासोती नगरपालिका –३ सङम चोकमा कार र ट्र्याक्टर ठोक्किँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आईतबार राती बा ६ च ९२२२ नम्वरको कार र लु ३ त ५१९९ नम्वरको ट्याक्टर एकआपसमा ठोक्किँदा कारमा सवार ६ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा कार चालक भरतपुर १० का अर्जुन पाठक, कारमा सवार भरतपुर २३ का कर्ण वहादुर स्याङ्तान, सुवास तामाङ, कल्पना तामाङ, १८ महिनाका वील्सना तामाङ र वर्दघाट वस्ने माया आले रहेका छन् ।

एउटै कारमा कसरी ६ जना चढेका हुन् भनेर अनुसन्धान सुरु गरेको प्रहरीले जनायो । सख्त घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%

प्रतिक्रिया दिनुहोस