२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीको अनुसन्धान

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) ११६१ पाठक संख्या

नारायण शर्मा
कावासोती — पूर्वी नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योगको पूर्वी गेट नजिकै एक व्यक्तिले राखेको शंकास्पद झोलाका कारण स्थानीयहरू त्रसित बनेका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार चौधरी ग्रुपको पूर्वी गेट नजिकै खैरो हेण्ड ब्यागमा शंकास्पद वस्तु रहेको आशंकामा प्रहरीले त्यस क्षेत्र नियन्त्रण लिई अनुसन्धान गरेको छ ।

शंकास्पद वस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । ‘राति ८ बजे एक अपरिचित व्यक्तिले झोला छोडेर हिँडेको भन्ने सूचनाका आधारमा घटनास्थलमै छौं,’ प्रहरी निरीक्षक भिमसेन घिमिरेले भने ।

शंकास्पद झोला भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । बम हो वा हैन भन्नेबारे आफूहरूले केही बेरमै यकिन गर्ने प्रहरी निरीक्षक घिमिरेले बताए ।

इलाका प्रहरी कार्यालय रजहरबाट करिब सवा २ किलोमिटर पश्चिममा रहेको चौधरी उद्योगको पूर्वी गेट क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस