२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कावासोतीमा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) ४७१२ पाठक संख्या

कावासोती । जिल्लाको कावासोती नगरपालिका ८ शिब बस्तीका एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

 

जिल्ला प्रहरीका अनुसार कावासोती – १० स्थित बहाडखोला नजिकै ५२ वर्षीय झम्कनाथ रिजालले सोमबार आत्महत्या गरेका हुन् । रिजाल बेल्टादी सडक नजिकै दबदबेको रुखमा नाइनलको डोरीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

दबदबेमा झुण्डिएको भन्ने खबर प्राप्त हुना साथ घटनास्थलमा प्रहरी अधिकृत सहितको प्रहरी टोली पुगेको थियो । उक्त प्रहरी टोलीले झुण्डिएर मृत अवस्थाको लासलाई पोष्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल पठाए थियो ।

 

मृतक रिजालको दुइ छोरा रहेका छन् भने श्रीमती बैदेशिक रोजगारीको शिलशिलामा विदेश रहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%४%३%३८%४%

प्रतिक्रिया दिनुहोस