२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खनालको स्वागत

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) १२६८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यबिन्दु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेब खनालको स्वागत गरिएको छ ।

हालै कपिलबस्तुको बाणगंगा नगरपालिबाट सरुवा भएर मध्यबिन्दु नगरपालिका आएका प्रमुख प्रशासकीय अधिकृत खनालको स्वागत गरिएको हो ।

FB_IMG_1643031681922

सोमबार नगरपालिकाले एक कार्यक्रमका बिच खनालको स्वागत गरेको छ । स्वागत कार्यक्रममा मध्यविन्दु नगरका मेयर चन्द्र बहादुर राना र उप-मेयर ओमकुमारी महतो सहित जनप्रतिनिधी, कर्मचारीले दोसल्ला ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खनालले जनताको सेवामा तल्लिने हुने प्रतिबद्धता जाहेर व्यक्त गर्नुभयो ।

FB_IMG_1643031697707

यस अघि, मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनु भएका नारायण प्रसाद सापकोटा सह –सचिव पदमा बढुवा भएपछि उहाँको स्थानमा खनाल आउनु भएको हो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका खनालले आजै पदभार ग्रहण गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस