२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

२०७८ माघ ११, मंगलबार प्रकाशित ( साल अघि) १३५१ पाठक संख्या

कावासोती । नवलपुरमा  लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

 

गैँडाकोट नगरपालिका वडा नं २ नारायणी पुल नजिकैबाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका हुन् ।

 

राजमार्गमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा भैरहवाबाट काठमाण्डौ जादै गरेको लु १ ख ७८२३ नं को बसमा जाँच गर्ने क्रममा शंका लागी सोही बसमा सवार तनहुँ सुक्ला गण्डकी नगरपालिका ५ बस्ने वर्ष २६ का सुजन शाही र तनहुँ सुक्ला गण्डकी नगरपालिका २ बस्ने २४ बर्षीया प्रविना रानामगर पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ ।

 

शाहीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम ४४ एम्पुल, नुफिन ४४ एम्पुल, फेनरागन ४६ गरी जम्मा १३४ एम्पुल लागुऔषध फेला पारिएको प्रहरीको भनाई छ ।

 

पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस