२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा नालिमा खसेर एक जनाको मृत्यु

२०७८ माघ १२, बुधबार प्रकाशित ( साल अघि) १५१० पाठक संख्या

चितवन । भरतपुर महानगरपालिका ९ गोन्द्राङमा सडकको नालिमा खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर ८ का ३६ वर्षिय राजु बिकको आज (बुधबार) बिहान गोन्द्राङ स्थित काँडाघारी टोलको भित्रि सडक छेउको नालिमा खसेर मृत्यु भएको हो । प्रहरीका अनुसार बिकलाई साइकलसहित स्थानियले नालिमा देखेपछि प्रहरी टोलि घटनास्थलमा पुगेको थियो ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस